साताको अन्तिम दिन आज पाउण्डको भाउ बढ्यो, डलर र युरोको भाउ कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार पाउण्डको भाउ बढेको छ ।

आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७० रुपैयाँ ०८ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ७० पैसा र बिक्रीदर १६९ रुपैयाँ ४६ पैसा थियो। आज डलर एकको खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १५ पैसा रहेको छ ।आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५ रुपैयाँ ५६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ५३ पैसा र बिक्रीदर २८ रुपैयाँ ६६ पैसा रहेको छ ।

  • १ भाद्र २०८०, शुक्रबार ०९:३१ प्रकाशित