केपभर्डे ।
आन्ध्र महासागरको मध्यभागमा अवस्थित टापु देश केप भर्डेमा डुङ्गा पल्टिँदा ६३ जनाभन्दा बढीको ज्यान गएको आशंका गरिएको छ । घटनामा अन्य ३८ जनाको उद्धार गरिएको अन्तरर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
गत महिना सेनेगलबाट आप्रवासी बोकेर युरोपका निम्ति हिँडेको डुङ्गा केप भर्डेको जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको माछा समाउन समुद्रमा तल्लीन स्पेनी माझीले देखेका थिए ।
तट रक्षकले जीवित र मृतकको कुल सङ्ख्या ४८ रहेको बताएका छन्भने स्थानीय शवगृहले सातवटा शव प्राप्त गरेको जनाएको छ । सेनेगलको विदेश मन्त्रालयले गिनी–बिसाउका एक नागरिक सहित ३८जनालाई डुङ्गाबाट उद्धार गरिएको बताएको छ ।