नेपाल र भारत सिमा समस्या आपसी छलफल र सम्वादमार्फत हल गरिनुपर्नेमा ओलीको जोड

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र भारत दुवैले आफ्ना समस्याहरुलाई खुलस्त राख्ने र छलफल गर्नुपर्नेमा जोड दिएका छन् । भारतको ७६औं स्वन्त्र दिवसको अवसरमा नेपाल भारत मैत्री समाजले आयोजना गरेको रात्रिभोज कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने–‘हामीले एक अर्काका सेन्सिटिभिटीलाई बुझ्ने, सरोकार, चासो र चिन्ताजस्ता कुरालाई बुझ्ने र एक अर्काको कुरा बुझेर जायज ढंगले त्यसको सम्बोधन गर्ने हो । मैले थुप्रै ठाउँमा भन्ने गरेको छ–राष्ट्रिय हित हरेक देशले सोच्छ । यो सोच्दा न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्व । राष्ट्रिय हितको पक्षपोषण र कुरा गरिरहँदाखेरि जस्टिस र ईन्टरनेश्नल अव्लिगेशन, यी दुई वटा कुरालाई संगसँगै राखिएन भने त्यो अन्धो राष्ट्रवाद हुन्छ । त्यो त आफ्नो हित गर्ने अनि अरुको हित जुसुकै होस भन्नेजस्तो हुन्छ ।’

सो अवसरमा उनले ‘वशुधैव कुटुम्बकम्’बारे पनि चर्चा गरेका थिए । उनले सो मन्त्रको महत्वबारे आफूहरुले मात्रै बुझेको उनको भनाई छ । उनले भने,‘हामीले बाहेक अरुले यसको महत्व बुझ्दैनन् । हामीले अरुलाई यसबारेमा भन्नुपर्छ । यो हाम्रो साझा मन्त्र हो ।’

उनले भारत र नेपालबीचका समस्या समाधान पनि गर्न सकिने बताए । उनले सिमा समस्या पनि छिमेकसँग नै हुने भएकोले यसलाई आपसी छलफल र सम्वादमार्फत हल गरिनुपर्नेमा जोड दिए ।

उनले नेपाल र भारतबीच दुनियाँमा कहीँ पनि नभएको खुला सिमाना रहेको उल्लेख गरे । तर, सिमा व्यवस्थापनमा गर्व गर्नलायक व्यवहार र अभ्यास हुनुपर्ने पनि उनको जोड छ ।

 

  • ३१ श्रावण २०८०, बुधबार २०:४५ प्रकाशित