पोखरा–१५ मा निःशुल्क स्वास्थ्य शिविर

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १५ मा पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । वडा कार्यालय र सहरी स्वास्थ्य केन्द्र १५ संयुक्त आयोजनामा मङ्गलवार सो शिविर गरिएको हो ।

वडा अध्यक्ष तोरणबहादुर बानियाँका अनुसार शिविरमा २ सय ८० महिलाको स्वास्थ्य परीक्षण गरिएको छ । चिल्ड्रेन नेपालको सहयोगमा सम्पन्न शिविरमा गण्डकी मेडिकल कलेजका डा।सविन श्रेष्ठ, हरियो खर्क अस्पतालका डा. सुमन तामाङ लगायतका स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य परीक्षण गरे ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगरवासीहरूको स्वास्थ्य प्रति महानगरपालिका प्रतिबद्ध र सचेत रहेको बताए । सरोकारवाला निकायसँगको समन्वयमा महानगरका सबै वडामा ल्याब परीक्षण सहितका वृहत् निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

वडा अध्यक्ष तोरण बहादुर बानियाँले वडावासीहरूको नियमित स्वास्थ्य परीक्षण गर्ने वातावरण तयार गरिने बताउदै वडामा य स्वास्थ्य प्रवर्द्धन सहित भौतिक विकासलाई अघि बढाइने बताए ।

  • ३१ श्रावण २०८०, बुधबार १७:५९ प्रकाशित