राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति पौडेलले संसदको अवरोध हटाउने विषयमा चासो राखेको राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले बताएका छन् ।

लामो समयसम्म संसद नचल्दा जनतामा नैराश्यता बढ्नुका साथै नकारात्मक प्रभाव पर्ने भन्दै राष्ट्रपतिले ओलीलाई ध्यानाकर्षण गराएका थिए । दलहरुबीच आपसी सहमति गरेर अघि बढ्न राष्ट्रपतिको सुझाव छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले सुन प्रकरणलाई लिएर उच्चस्तरीय छानबिन समितिको माग राख्दै संसद अवरोध गर्दै आइरहेको छ । तर, सरकार समिति गठनको पक्षमा छैन ।

  • ३१ श्रावण २०८०, बुधबार १५:५० प्रकाशित