एएफसी कप छनोट

नेपालको ए डिभिजन क्लब मछिन्द्र आज भारतको मोहन बगानसँग भिड्दै

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

एएफसी कप छनोटको प्रारम्भिक चरणको दोस्रो खेलमा नेपालको ए डिभिजन क्लब मछिन्द्र एफसीले आज भारतको आइएसएल क्लब मोहन बगानसँग खेल्दैछ ।खेल कोलकतास्थित साल्ट लेक स्टेडियममा नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ ।

शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र उपविजेता बनेपनि च्याम्पियन चर्च ब्वाइजसँग एएफसी क्लब लाइसेन्स नभएपछि लगातार दोस्रो पटक महादेशीय प्रतियोगितामा खेल्ने अवसर पाएको हो ।

गत साता काठमाडौंमै भएको पहिलो चरणको खेलमा मछिन्द्रले भुटानको पारो एफसीलाई पराजित गर्दै मोहन बगानसँगको भेट पक्का गरेको हो । मोहन बगानले सिधै दोस्रो चरण खेल्न लागेको हो ।

यस खेलको विजेताले प्लेअफ फाइनलमा बंगलादेशको अबहानी र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्नेछ । प्लेअफको विजता टोली साउथ एसियन जोनबाट एएफसी कपको समूह चरणमा पुग्नेछ ।

 

  • ३१ श्रावण २०८०, बुधबार ०९:१८ प्रकाशित