भोलि पोखरा महानगरपालिका १३ कुंडहरमा निशुल्क आँखा शिविर हुने

केन्द्रभाग मिडिया

पोखरा ।

भोलि पोखरा महानगरपालिका वडा नम्बर १३ निशुल्क आँखा जाँच गरिने भएको छ ।

आँखा परिक्षण पोखरा वडा नम्बर १३ कुंडहरमा रहेको शहरी स्वास्थ्य केन्द्रमा हुने शहरी स्वास्थ्य केन्द्र १३ तथा स्वास्थ्य व्यवस्थापन परिवारले सुचना जारी गर्दै जानकारी दिएको छ ।

आँखा सम्बन्धी जाँच भोलि(बुधबार) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने भएको छ । मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा हुन लागेको शिविरमा सहभागी भई मौकाको फाइदा लिन सर्वसाधरणलाई अनुरोध गरिएको छ ।

पछिल्लो समय आँखा पाक्ने रोग एडिनो भाइरस कन्जक्टिभाइटिसको संक्रमण फैलिरहेकाले सो सम्बन्धी परामर्श तथा जाँच गराउन अपिल गरिएको छ ।

  • ३० श्रावण २०८०, मंगलवार १६:४४ प्रकाशित