पोखरामा भब्यताका साथ मनाइयो ट्होंटे पर्व (फोटोहरु)

केन्द्रभाग मिडिया

पोखरा  ।
गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होंटे मंगलबार पोखरामा धुमधामका साथ मनाईएको छ । वर्षको दुई पटक मनाईने यो पर्व उभौली र उद्यौली ट्होंटेका रुपमा चैत र साउनका मनाउने गरिन्छ ।

हिजोसम्म वर्षातले घमिलिएको मौसम आज खुलेसगै पोखरामा गुरुगं समुदायले ट्होंटे पर्व भब्यताकासाथ मनाए । भूत, प्रेत, भगाउने, रोगब्याधी हटाउने विश्वासका साथ यो पर्व मनाउने प्रचलन रहेको छ ।

‘राष्ट्रिय संस्कृति बचाऔं, ट्होंटे पर्व मनाऔं’ भन्ने नाराका साथ तमु धिं नेपालले आब्हान गरेको ¥यालीमा विभिन्न टोल टोलबाट समुदायको संस्कृति झल्किने झाँकि सहितको गुरुगं समुदाय यालमा सहभागी थिए ।


बाजा गाजा सहित जातीय पोसाक तथा विभिन्न मुखाकृतिमा सजिएका जनावर, र भुतको मुकुन्डो सजिएर सडकमा उत्रीएर ट्होटे पर्व मनाए । गुरुङ समुदायका साना साना बालबालिका, युवा युवती देखि बुढापाकासम्म जातिय पोशाकसहित ¥यालीमा सहभागी भएका थिए ।

तमु धिं नेपालको अगुवाइमा पोखरामा गुरुङ समुदायले यो पर्व सामुहहिकरुपमा मनाउने गरिन्छ । पोखरा ११ पुरानोधाराबाट ¥याली निस्केको ¥याली महेन्द्रपुल नयाबजार हुदैँ तमु धिं नेपालको कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।

  • ३० श्रावण २०८०, मंगलवार १३:१२ प्रकाशित