मुगुमा जिप दुर्घटना : ४ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

मुगुमा जिप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । ज्यान जानेमा सबै हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. २ रिप गाउँका भएको जनाइएको छ ।

सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न मुगुको सोरु गाउँपालिका-७ चिप्लेगाडामा दुर्घटना भएको थियो ।

प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार ज्यान गुमाउनेमा हुम्लाको सर्केगाड गाउँपालिका वडा नं। २ का एकै नाम थरका दुई जना राम परियार, प्रकाश बोहोरा र पिउस परियार रहेका छन् ।

दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मुगुको सोरु गाउँपालिका-७ चालक दिनेश लावड, सोरु-५ का गोविन्दा शाही र लोकजङ्ग नेपाली,सोरु-६ का सेरे रोकाया र हुम्ला सिमीकोट-२ का उदीप बोहोरा छन् ।

  • ३० श्रावण २०८०, मंगलवार ०८:५७ प्रकाशित