सुन तस्करी रोक्न कर तिरेर खुला गर्नुपर्छ : देउवा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सुन तस्करी धेरै हुन थालेको बताएका छन् ।

कांग्रेस संसदीय दलको बैठकमा बोल्दै देउवाले तस्करी रोक्न भए पनि कर तिरेर खुला गर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् । ‘कर तिरेर यो सुन खुल्ला गर्ने व्यवस्था गर्नुपर्छ । यसले तस्करी रोक्न मदत गर्छ’, देउवाको भनाइ छ ।

उनले नेताहरूको आलोचना गर्न पाइने पनि बताएका छन् । तर उनले पार्टीको अनुशासनभन्दा बाहिर गएर बोल्ने कुरा राम्रो नहुने भन्दै नेताहरूलाई जथाभाबी नबोल्न चेतावनी दिएका छन् ।

  • २९ श्रावण २०८०, सोमबार १५:११ प्रकाशित