तनहुँको म्याग्देमा गएको पहिरो पन्छाइयो, सडक सुचारु

केन्द्रभाग मिडिया

file photo

काठमाडौं ।

तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ मौरी बजारमा पहिरो खसेपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाइसकेको प्रहरीले जनाएको छ ।

आज बिहान ६ः४० बजेतिर पहिरो खसेर पूर्णरुपमा अबरुद्ध भएको राजमार्ग बिहान ८ बजेतिर खुलाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

पहिरो पन्छाउन प्रहरी, गाउँपालिका र राजमार्ग विस्तारमा खटिएको चिनियाँ ठेकेदार कम्पनीको टोली खटिएका थिए ।अबिरल वर्षाको कारण सडक माथिबाट पहिरो खस्न गई सडक पूर्ण रुपमा बन्द भएको थियो ।

  • २९ श्रावण २०८०, सोमबार ०९:१२ प्रकाशित