गॉजा सहित १ जना मानिस पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट एक जना गाँजा सहित पक्राउ परेका छन् । अर्जुन भन्ने बद्री परियारलाई पक्राउ गरेको बडा प्रहरी कर्यालय बैदामले जनाएको छ ।

उनको साथबाट लागू औषध गाँजा ९०० ग्राम बरामद गरिएको प्रहरी नायब उपरिक्षक वेद जोशीले जनाकारी दिए । जिल्ला अदालत पोखराबाट लागू औषध मुद्दामा म्याद थप भई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

  • २८ श्रावण २०८०, आईतवार १८:३७ प्रकाशित