कांग्रेस सांसदको प्रस्ताव : प्रचण्ड छानबिन समिति बनाउन तयार नभए समर्थन फिर्ता लिनुपर्छ

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको बैठकमा सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने प्रस्ताव भएको छ । सरकारले सुन प्रकरणको छानिबनमा आलटाल गरेको भन्दै जारी संसदीय दलको बैठकमा सांसद प्रदीप पौडेलले पार्टीले उच्चस्तरीय छानबिन समितिको कुरा उठाउनुपर्ने बताए ।

छानबिन समितिको लागि तयार नभए प्रचण्डमाथिको समर्थन फिर्ता लिनुपर्ने उनको सुझाव थियो ।पौडेलले भने, ‘प्रधानमन्त्री र गृहमन्त्री छानबिनका समिति गठन गर्न तयार हुनुहुन्न । यो देख्दा उच्च तहसम्म संलग्नता भएको देखिन्छ । अब छानबिन समितिको प्रस्ताव कांग्रेसले नै गर्नुपर्छ । यदी उहाँहरू तयार भएर प्रचण्ड नेतृत्वको सरकारमाथि दिएको समर्थन फिर्ता लिनुपर्छ ।

  • २८ श्रावण २०८०, आईतवार १६:४९ प्रकाशित