बर्दियामा भारी वर्षा : ४३ घर डुबानमा

केन्द्रभाग मिडिया

file photo

बर्दिया ।

आइतबार बिहानैदेखि परेको अविरल वर्षाले बर्दियाको बारबर्दिया नगरपालिका-८ स्थित औरी, भगतपुर र दुद्याका ४३ घर डुबानमा परेका छन् । त्यस क्षेत्रमा जिल्लाको सबैभन्दा बढी पानी परेको बताइएको छ । डुबान क्षेत्रमा उद्धारका लागि प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिहरू पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक सुधिर राज शाहीले २४ घण्टामा रम्मापुरमा २ सय २६ दशमलव ४ मिलीलिटर पानी परेको जानकारी दिए । बर्दियामा यस वर्षको सबैभन्दा बढी वर्षा आज भएको हो ।

सोमबारसम्म वर्षा हुने भएकोले बबई र कर्णाली क्षेत्रको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले बताए ।

  • २८ श्रावण २०८०, आईतवार १६:२९ प्रकाशित