पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३२ रुपैयाँ २६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८६ पैसा रहेको छ ।
आज युरो एककको खरिददर १४५ रुपैयाँ २५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७३ पैसा रहेको छ ।
आज १० जापानी येनको खरिददर ९ रुपैयाँ १४ पैसा र बिक्रीदर ९ रुपैयाँ १९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २८ पैसा र बिक्रीदर १८ रुपैयाँ ३७ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ २५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ८३ पैसा र बिक्रीदर २८ रुपैयाँ ९६ पैसा रहेको छ ।