एमालेको विशेष पत्रकार सम्मेलन

सुन प्रकरण र संसद् अवरोधबारे औपचारिक धारणा सार्वजनिक गर्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेले सुन प्रकरण र संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।

नेकपा एमाले केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो १२ः४५ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो ।

वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ ।

  • २८ श्रावण २०८०, आईतवार ०९:३३ प्रकाशित