पोखरा ।
गण्डकी प्रदेशमा यस वर्ष गत बर्षभन्दा कम क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्ष एक लाख चार हजार ६२३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकामा यस वर्ष जम्मा ९० हजार ५१४.३ हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको कृषि विकास निर्देशनालय पोखराले जानकारी दिएको छ ।
यस वर्ष ९७ हजार ८५१ हेक्टर जमिनमा धान रोपाइँ हुने अनुमान गरिएकामा त्यसको पनि ९२.५० प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको हो । यस वर्ष गत वर्षको तुलनामा १४ हजार हेक्टर भन्दा कम क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
‘यस वर्ष धान रोपाइँ सन्तोषजनक हुन सकेन । पानी कम प¥यो । अझै मुल फुट्ने गरि पानी परेको छैन । त्यसकारण रोपाइँ कम भएको हो’ – बासुदेव रेग्मी,महानिर्देशक, कृषि विकास निर्देशनालय पोखरा
यस वर्ष धान रोपाइँ सन्तोषजनक नभएको कृषि विकास निर्देशनालय पोखराका महानिर्देशक बासुदेव रेग्मीले जानकारी दिए । पानी कम परेकाले टारी खेतहरुमा रोपाइँ हुन नसकेको उनले बताए ‘यस वर्ष धान रोपाइँ सन्तोषजनक हुन सकेन । पानी कम प¥यो । अझै मुल फुट्ने गरि पानी परेको छैन । त्यसकारण रोपाइँ कम भएको हो’ उनले भने ।
यस वर्ष रासायनिक मलको भने अभाव नभएको उनले जानकारी दिएका छन् । ‘यस वर्ष मलको अभाव हुन पाएन । किसानले समयमै मल प्राप्त गरेका छन् । तर, पानी नपर्दा समस्या भएको हो’ उनले भने ।
- कुन जिल्लामा कति भयो रोपाइँ
गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङ र मुस्ताङ बाहेक ९ वटा जिल्लामा धान खेती गरिँदै आएको छ । यस वर्ष वागलुङमा झण्डै सत प्रतिशत नै रोपाइँ भएको छ । त्यहाँ गत वर्ष ५ हजार ८८३ हेक्टरमा धान रोपाइँ भएकोमा यस वर्ष ५ हजार ८८० हेक्टर जमिनमा धान रोपाइँ भएको हो ।
गोरखामा ११ हजार २६६ हेक्टर जमिनमा गत वर्ष रोपाइँ भएकामा यस वर्ष ९ हजार १२.८ हेक्टर जमिनमा मात्र रोपाइँ भएको छ । उक्त जिल्लामा ८० प्रतिशत मात्र रोपाइँ भएको हो ।
कास्कीमा यस वर्ष १६ हजार २२०.४ हेक्टर जमिनमा धान रोपाइँ गरिएको छ । गत वर्ष कास्कीमा १९ हजार ६०५ हेक्टर जमिनमा धान रोपाइँ गरिएको थियो । यस वर्ष १७ हजार २५३ हेक्टर जमिनमा धान लगाइने अनुमान गरिएकामा त्यसको पनि ९४ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको हो ।
लमजुङमा यस वर्ष ८ हजार ४६३.९ हेक्टर जमिनमा धान रोपाइँ भएको छ । गत वर्ष उक्त जिल्लामा १३ हजार ८०३ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो । यस वर्ष ९ हजार ३०१ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएकोमा त्यसको पनि ९१ प्रतिशत जमिनमा मात्र धान रोपाइँ भएको छ ।
स्याङ्जामा १४ हजार ३८९.७ हेक्टर जमिनमा धान रोपाइँ भएको छ । गत वर्ष उक्त जिल्लामा १५ हजार ६५ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो । यस वर्ष १५ हजार १४७ हेक्टर जमिनमा धान रोपाइँ हुने अनुमान गरिएकोमा त्यसको ९५ प्रतिशत जमिनमा रोपाइँ भएको हो ।
नवलपुरमा यस वर्ष १८ हजार ४३९.७ हेक्टर जमिनमा धान रोपाइँ भएको छ । गत वर्ष उक्त जिल्लामा १८ हजार ८१६ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो । यस वर्ष त्यति नै जमिनमा धान रोपाइँ हुने अनुमान गरिएकामा त्यसको ९८ प्रतिशत जमिनमा रोपाइँ भएको हो ।
तनहुँमा यस वर्ष ६ हजार ९८३.९ हेक्टर जमिनमा धान रोपाइँ भएको छ । उक्त जिल्लामा गत वर्ष ८ हजार ५१७ हेक्टर जमिनमा धान रापाइँ भएको थियो । त्यति नै क्षेत्रफलमा यस वर्ष रोपाइँ हुने अनुमान गरिएकामा त्यसको ८२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको हो ।
पर्वतमा ७ हजार ६२८.३ हेक्टर जमिनमा धान रोपाइँ भएको छ । उक्त जिल्लामा गत वर्ष ७ हजार ७८४ हेक्टर जमिनमा रोपाइँ भएको थियो । यस वर्षपनि त्यति नै क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएकोमा त्यसको ९८ प्रतिशत रोपाइँ भएको छ ।
म्याग्दीमा यस वर्ष तीन हजार ४९५.६ हेक्टर जमिनमा धान रोपाइँ भएको छ । गत वर्ष उक्त जिल्लामा तीन हजार ८८४ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो । यस वर्ष त्यति नै जमिनमा धान रोपाइँ हुने अनुमान गरिएकामा त्यसको ९० प्रतिशत रोपाइँ भएको हो ।