कैदी मृत्यु प्रकरण : असईसहित १० प्रहरी पक्राउ

केन्द्रभाग मिडिया

संखुवासभा कारागारमा २ कैदीको मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षक ९असई० सहित १० जना प्रहरी पक्राउ परेका छन्।

संखुवासभा कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामी जेलभित्रै कुटपिटबाट मारिएका थिए।

सो घटनामा प्रहरीले नै संलग्न देखिएपछि कारागार सुरक्षामा खटिएका असईसहित १० जना प्रहरीलाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

  • २६ श्रावण २०८०, शुक्रबार ०९:५५ प्रकाशित