कांग्रेस संसदीय दलको बैठक बस्दै

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

संसदको गतिरोध अन्त्यको विषयमा छलफल गर्न सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

एमालेले १० साउनबाट निरन्तर संसद् बैठक अवरुद्ध गर्दै आएको छ । सय केजी सुन समातिएको प्रकरणमा उच्च स्तरीय संसदीय समिति गठनको माग एमालेले गरिरहेको छ । यसका विषयमा कांग्रेसले स्पष्ट धारणा ल्याउन नसकेको आरोप एमालेले कांग्रेसलाई लगाएको छ । यस आरोपलाई समेत चिर्नेगरी कांग्रेस संसदीय दलको बैठकले केहि निर्णय गर्ने अपेक्षा गरिएको छ ।

यसअघि, पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार संसदीय दल कार्यसमितिको बैठक पनि बोलाएका थिए ।

  • २६ श्रावण २०८०, शुक्रबार ०८:१२ प्रकाशित