पाँच अंकले बढ्यो नेप्से

केन्द्रभाग मिडिया

पोखरा ।

साता कारोबारको अन्तिम दिन नेप्से ५ अंकले बढेको छ । नेप्सेमा सुृधार कायमै रहँदा कारोबार रकम पनि २ अर्ब माथि पुगेको छ ।

बिहीबार नेप्से सूचकांक ५.१३ अंकले बढेर २०६६ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६९ कम्पनीहरुको ५५ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब १५ करोड ६५ लाख ८३ हजारको कारोबार भएको छ ।

नेप्से बढेसँगै बिहीबार ८ वटा उपसूचका हरियाली छाएको छ भने बाँकीका ५ उपसूचकमा रातो पोतिएको छ ।

होटल तथा पर्यटन उपसूचक सर्वाधिक २.६७ प्रतिशतले बढेको छ । निर्जीवन बीमा उपसूचक १.२५ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स उपसूचक भने सर्वाधिक ०.३९ प्रतिशतले घटेको छ ।

  • २५ श्रावण २०८०, बिहीबार १६:३५ प्रकाशित