सरकारको अभियानले तस्करहरू अतालिएका छन् : प्रधानमन्त्री

केन्द्रभाग मिडिया

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको भ्रष्टाचारविरोधी अभियानका कारण राज्यदोहन गर्ने र तस्करहरू अत्तालिएको बताएका छन्।क्याबिनेटका मन्त्रीहरूसँग बिहीबाबर आर्थिक वर्ष २०८०/८१को लागि कार्यसम्पादन सम्झौताका क्रममा उनले सो कुरा बताएका हुन्।

‘सरकार भ्रष्टाचारविरोधी अभियानका कारण राज्यदोहन गर्ने र तस्करहरु अत्तालिएका छन्। सरकारले अझै भ्रष्टाचारविरोधी कदम चालोस् भन्ने पक्षमा जनता छन्,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्।

प्रधानमन्त्री प्रचण्डले दोषी नछुटुन र निदोर्ष नपरुन् भन्ने पक्षमा सरकार रहेको पनि बताए।

  • २५ श्रावण २०८०, बिहीबार १६:०८ प्रकाशित