पाउलान त जेष्ठ नागरिकले सहज सुविधा ?

जेष्ट नागरिकलाई सहजढंगले सुविधा दिन कास्की प्रशासनको निर्देशन

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला प्रशासन कार्यालय कास्कीले जेष्ठ नागरिकले पाउने सुविधा सरल र सहज तवरले उपलब्ध गराउन कास्कीका सबै स्वास्थ्य संस्था र यातायात व्यवसायीलाई आदेश गरेको छ । जेष्ठ नागरिक मञ्चले मंगलबार जेष्ठ नागरिकहरुलाई औषध उपचार तथा सार्वजनिक यातायातमा राज्यले व्यवस्था गरे अनुरुपको छुट पाउनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएको थियोे । त्यही मागलाई सम्बोधन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेले यस्तो निर्देशन दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले आफ्ना माग सुनुवाई गर्दै आदेश दिएकोमा मञ्चका अध्यक्ष ध्रुवराज अधिकारीले आभार प्रकट गरेका छन् । उनले यसको कार्यान्वयन हुने र अब सहजढंगले सुविधा प्राप्त हुने अपेक्षा प्रकट गरे । विगतमा ज्येष्ठ नागरिक परिचयपत्र देखाएर शिष्टतापूर्वक ५० प्रतिशत छुट दिन अनुरोध गरे पनि बेवास्ता हुने गरेको गुनासो गर्दै अव जिल्ला प्रशासनले नै निर्देशन दिएपछि सहज कार्यान्वयन हुनेमा आफूहरु विस्वस्त रहेको अधिकारी बताउँछन् । राज्यले दिएको सेवा सुविधा देउ भन्दा उल्टै चालक र सहचालकले ओठे जवाफ फर्काएर अपमान गर्ने र कतिपय अवस्थामा त गाडीबाट ओराल्ने गरेका छन् । स्वास्थ्य संस्थामा पनि तोकिएको सुविधा पाइएको छैन । अब प्रशासनको आदेश पछि पक्कै सुधार होला, आसा गरौं,’ उनले भने ।                                                                                                                                                                                      

  ‘राज्यले दिएको सेवा सुविधा देउ भन्दा उल्टै चालक र सहचालकले ओठे जवाफ फर्काएर अपमान   गर्ने र  कतिपय अवस्थामा त गाडीबाट ओराल्ने गरेका छन् । स्वास्थ्य संस्थामा पनि तोकिएको सुविधा पाइएको छैन । अब प्रशासनको आदेश पछि पक्कै सुधार होला, आसा गरौं,’ – ध्रुवराज अधिकारी  

 

७० वर्ष पूरा भएका नागरिक लाइनमा बस्न पर्दैन भनी कागजमा टाँसिए पनि त्यसको कार्यान्वयन नभएको मञ्चले जनाएको छ । ‘कि राज्यले यो परिचयपत्रबाट तपाईंहरुले छुट पाउनुहुन्न, यो ऐन कार्यविधि लागु हुने अवस्थामा छैन भन्नु प¥यो, हैन भने हामी ज्येष्ठ नागरिक अशक्तहरुको अपमान नहुने गरी ऐन नियम कार्यान्वयन गराउन आवश्यक व्यवस्था गरिदिनुहुन हार्दिक अनुरोध गर्दर्छौ,’ ज्ञापनपत्रमा उल्लेख गरिएको थियो ।

  • २५ श्रावण २०८०, बिहीबार १६:०१ प्रकाशित