पोखरा

पृथ्वीचोकबाट २४ तोला सुनसहित कल्पना गुरुङ पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको पृथ्वीचोकबाट एक महिला सुनसहित पक्राउ परेकी छिन् ।

वडा प्रहरी कार्यालय बैदामले २४ तोला सुनसहित झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कलपना गुरुङलाई पक्राउ गरेको हो ।

गुरुङलाई काठमाडौंबाट पोखरा आउने क्रममा पृथ्वीचोकबाट नियन्त्रणमा लिइएको हो ।

ग १ ख ९९४४ न को बसमा पोखरा आइरहेकी गुरुङलाई बसबाट झर्ने क्रममा बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी नायब उपरिक्षक बेद प्रकाश जोशीको कमान्डको टोलिले गुरुङको शरीर तलास गर्ने क्रममा उनको छातिमा सेतो टेपले बेरि ब्रा भित्र लुकाइ छिपाइ राखेको अवस्थामा उक्त मात्रामा सुन भेटिएको जोशीले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको जोशीले जानकारी दिए ।

 

  • २५ श्रावण २०८०, बिहीबार १४:४० प्रकाशित