पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरोको भाउ बढेको छ । आज युरो एककको खरिददर १४५ रुपैयाँ १० पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५० पैसा थियो ।
आज डलर एकको खरिददर १३२ रुपैयाँ २१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८१ पैसा रहेको छ ।यस्तै पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ११ पैसा रहेको छ ।
आज १० जापानी येनको खरिददर ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८ रुपैयाँ ४३ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४० पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ९२ पैसा र बिक्रीदर २९ रुपैयाँ ०५ पैसा रहेको छ ।