माओवादीको प्रष्टीकरण : दोषी प्रमाणित भए पार्टीकै नेता माथि पनि कारबाही हुन्छ

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन तस्करी प्रकरणमा दोषी प्रमाणित भए पार्टीकै नेतामाथि पनि कारबाही हुने प्रष्ट्याएका छन् ।

प्रवक्ताको जिम्मेवारी पाएपछि बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सापकोटाले सुन तस्करी प्रकरणलाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री प्रतिबद्ध रहेको बताए ।

‘तथ्य र प्रमाणले पुष्टि भएको पार्टीकै नेतामाथि छानबिन र कारबाही हुन्छ’, उनले भने ।

निर्दोष नफस्ने र दोषी कोही पनि नउम्कने गरी ठीक ढंगले अनुसन्धान गर्नका लागि सरकारले सुन तस्करी प्रकरणको छानबिनको जिम्मेवारी सीआइबीलाई दिइएको सापकोटाले बताए ।

  • २४ श्रावण २०८०, बुधबार १६:५२ प्रकाशित