एमालेद्धारा राष्ट्रिय सभामा पनि अवरोध

केन्द्रभाग मिडिया

 

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । अवरोधका कारण बुधबारका लागि तय भएका कार्यसूची अगाडि बढ्न सकेन ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक यही साउन २६ गते बिहान ११ बजेका लागि बोलाएका छन् ।

बुधबारको राष्ट्रियसभा बैठकमा सांसदहरुले समसामियक विषयमा भने बोलेका थिए । समसामयिक विषयमा सा‌सदहरुले बोलेपछि अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभालाई नियमित कार्यसूचीमा लगेपछि एमाले सांसदहरु उठेका थिए ।

एमाले सांसद विमलाकुमारी घिमिरेले सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन गर्न सरकार तयार नभएसम्म संसद चल्न नदिने बताइन् ।

एमालेले साउन १० गते यता संघीय संसदको दुवै सभामा अवरोध गर्दै आएको छ ।

  • २४ श्रावण २०८०, बुधबार १५:२० प्रकाशित