सर्पको टोकाईबाट १६ वर्षीया किशोरी ज्यान गयो

केन्द्रभाग मिडिया

बैतडीमा सर्पले टोकेर १६ वर्षीया किशोरीको ज्यान गएको छ।मंगलबार राति साढे १२ बजेतिर पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट ज्यान गएको हो।

घरमा एक्लै सुतेकी चन्दले राति सर्पले टोकेको भनेर चिच्याएपछि छिमेकीहरू पुगेका थिए।आँगनमा रोइकराइ गरिरहेकी किशोरीकी आमा बदेलले मकै खाने भएर पहरा दिन २० मिनेट जति टाढाको खेतमा गएकी थिइन्।

मृतककी काकी लक्ष्मी चन्दले आफू पुग्दा किशोरीले बचाउ भनेर चिच्याएको बताइन्। नाडीमा सर्पले टोकेको दागजस्तो देखिएको उनको भनाइ छ।

  • २४ श्रावण २०८०, बुधबार १५:०६ प्रकाशित