सुन तस्करी प्रकरण

संसदमा गृहमन्त्रीको जावाफ– समितिको आवश्यक छैन, सिआइबीलाई काम गर्न दिँउ

केन्द्रभाग मिडिया

काठमाडौं । उपप्रधान एंव गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डबारे छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी० ले काम गरिरहेको बताएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै यसअघि बनेका समितिहरुले कुनै काम गर्न नसकेको बताउँदै अहिले पनि समिति आवश्यक नभएको बताए । ३३ किलो सुन काण्डमा बनेको समितिले एक तोला सुन पनि पत्ता लगाउन नसकेको समेत बताए ।

सिआइबीलाई काम गर्न दिएमा राज्यको निकायले त्यसलाई गहिराइसम्म पुुग्न दिन आग्रह गरे । साथै सिआइबीले ३५ दिनको समयमा पनि काम गर्न नसकेमा नयाँ शिराबाट जाने बताए ।

‘यो ३५ दिनमा सिआइबीले काम गर्न सकेन वा दोषीलाई पत्ता लगाएन भने नयाँ शिराबाट जाउँला ।’ उनले भने ।

  • २३ श्रावण २०८०, मंगलवार १८:३५ प्रकाशित