पोखरा २९ पटनेरीस्थित सेती नदीमा खस्दा एक पुरुष बेपत्ता, खोजी जारी

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा २९ पटनेरीस्थित सेती नदीमा खस्दा एक पुरुष बेपत्ता भएका छन् ।

बागलुङको बडिगाड गाउँपालिका घर भएका ३५ वर्षीय भक्तबहादुर राना बागमाराबाट पटनेरीतर्फ साइकलमा जादैं गर्दा सेती नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

साइकलमा यात्रा गरिरहेका बागलुङ घर भएका राना सेती नदीमा खसेको सूचना पाएपछि नदीमा खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले बताएका छन् ।

उनका अनुसार राना मंगलबार बागमाराबाट पटनेरीतिरतर्फ आउँदै गर्दा सेती नदीमा खसेका हुन् । राना पोखरा महानगरपालिका ३३ बागमारामा बस्दै आएको प्रहरीले जनाएको छ ।

राना खसेका हुन कि हाम फालेका हुन भन्ने विषय अनुसन्धानमै रहेको प्रहरीले जनाएको छ । पुलको छेऊमा चप्पल भेटिएको र भक्तबहादुर नै खसेको भनेर उनको परिवारले पहिचान गरेको प्रहरीले बताएको छ ।

  • २३ श्रावण २०८०, मंगलवार १४:२० प्रकाशित