एमाले गण्डकी प्रदेशको अधिवेशन असोज १५ र १६ गते

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन आउँदो असोज दोस्रो साता हुने निर्णय भएको छ ।

प्रदेश कमिटी सचिव धनज्वय दवाडीले जानकारी दिए अनुसार प्रदेश कमिटीको सोमबार बसेको बैठकले प्रदेशको पहिलो अधिवेशन असोज १५ र १६ गते पोखरामा गर्ने निर्णय भएको छ । अन्य ६ प्रदेशले भने यसअघि नै अधिवेशनको मिति तय गरिसकेका छन् ।

  • २२ श्रावण २०८०, सोमबार १६:५३ प्रकाशित