नेकपा एसका अध्यक्ष नेपाल दुई साताका लागि जेनेभा प्रस्थान

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधमानमन्त्री माधव नेपाल आज (सोमबार) बिहान जेनेभा प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सहभागी हुन नेपाल करिब दुई साताका लागि त्यसतर्फ प्रस्थान गरेका हुन्।

भदौ १ गतेसम्म स्विजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा हुने कार्यक्रमका सहभागी हुने अध्यक्ष नेपालको भ्रमण तालिका छ । अध्यक्ष नेपालले आफ्नो अनुपस्थितिमा पार्टी कामको संयोजन गर्न उपाध्यक्ष वेदुराम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।

  • २२ श्रावण २०८०, सोमबार ०९:२६ प्रकाशित