कामदार भिसामा ३ हजार ६६२ विदेशी नेपाल आए

केन्द्रभाग मिडिया

काठमाडौं ।

एक वर्षको अवधिमा कामदार भिसामा साढे तीन हजार विदेशी नागरिक नेपाल आएका छन् ।

अध्यागमन विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा सो संख्यामा विदेशी नागरिक नेपालमा कामको खोजीमा औपचारिक माध्यमबाट नेपाल आएका हुन् ।

विभागका अनुसार यो सूचीमा नेपालको छिमेकी मुलुक भारतबाट आएर काम गर्ने वा व्यापार–व्यवसाय गर्नेको तथ्यांक छैन ।

नेपालमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी कामदारको आगमन समेत बढेको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ मा २ हजार ८९२ जना कामदार भिसामा नेपाल आएको आंकडा रहेको छ । त्यसअगाडीको आर्थिक वर्ष २०७७/७८ मा ३ हजार ३३१ जना विदेशी नेपालमा कामदार भिसामा आएका थिए ।

  • २१ श्रावण २०८०, आईतवार १६:१७ प्रकाशित