माओवादीद्धारा तीन महिने रुपान्तरण अभियानको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटीको आइतबारको बैठकले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गरिने छ ।

अभियान अन्तर्गत अध्यक्ष दाहाल सातवटै प्रदेशका ७ वटा वडामा जाने छन् । त्यहाँ गएर उनले जनतासँग प्रत्यक्ष साक्षात्कार गर्नेछन् । दाहालका अनुसार पार्टी काम सरकारले लिएको सकारात्मक कामको प्रचार गर्ने रहेको बताए ।

  • २१ श्रावण २०८०, आईतवार १६:०१ प्रकाशित