रास्वपाले फिर्ता गर्‍यो विवादित एम्बुलेन्स

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ । रास्वपाले गैरकानूनी रुपमा ना २ ख ५६१९ नम्बरको एम्बुलेन्सलाई रंग परिवर्तन गरी ‘मोबाइल क्लिनिक’का रुपमा सञ्चालन ल्याएको थियो ।

रास्वपाका सभापति रवि लामिछाने चितवन– २ बाट दोस्रो पटक विजयी भएको एकसय दिनका अवसरमा साउन १७ गतेदेखि मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको थियो ।

लामिछानेको सचिवालयले ६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि भनेर मोबाइल क्लिनिक सञ्चालनमा ल्याएको थियो । तर, एम्बुलेन्सको रङ परिवर्तन गरी नीलो बनाउनुका साथै विशेष सूचना दिने सङ्केतसमेत हटाएर एम्बुलेन्सको प्रचलित मापदण्ड र ऐनका प्रावधान मिचिएपछि विवाद भएको थियो ।

विवाद भएपछि मेडिकल कलेज भरतपुरले एम्बुलेन्स फिर्ता पठाइदिन पत्र लेखेको थियो ।

  • २१ श्रावण २०८०, आईतवार १५:४० प्रकाशित