भारतबाट नेपालगन्ज आउँदै गरेको कार दुर्घटना : एकै परिवारका ४ सहित ६ नेपालीको ज्यान गयो

केन्द्रभाग मिडिया

भारत ।
भारतानमा कार दुर्घटना हुदाँ एकै परिवारका ४ सहित ६ जनाको ज्यान गएको छ । भारतको श्रावस्ती जिल्लामा कार दुर्घटना हुदाँ नेपालगन्जका दुई परिवारका छ जनाको ज्यान गएको हो ।

भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

दुर्घटनामा परी नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता र नेपालगन्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको ज्यान गएको बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिएका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको छ ।

  • २१ श्रावण २०८०, आईतवार ०९:२४ प्रकाशित