पहिरोले घर पुरिदाँ बाबु छोरीको ज्यान गयो

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको ज्यान गएको छ। तारकेश्वर नगरपालिका–५ चो गाउँमा शनिवार राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको ज्यान गएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।

डीएसपी मनोजित कुँवरको अनुसार शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको छ । सो घटनामा परी आमा सञ्जु तामाङ भने घाइते भएकी छिन ।

  • २१ श्रावण २०८०, आईतवार ०९:१२ प्रकाशित