खाजाघरको नाममा यौन धन्दा : सिर्जनाचोककी पार्वती पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

खाजाघरको नाममा यौन धन्दा चलाउने पोखराकी एक महिला पक्राउ परेकी छन् ।

नाबालिकलाई कामदारको रुपमा राख्दै जबरजस्ती यौन व्यवसायमा लगाउने पोखरा महानगरपालिका वडा नम्बर ८ सिर्जनाचोककी ३७ वर्षीय महिला पार्वती काराखेतीलाई प्रकाउ गरेको वडा प्रहरी कार्यालय वैदामका डिएपी वेद प्रकाश जोशीले जानकारी दिए ।

पार्वतीलाई हिजो(बिहीबार) दिउँसो १ बजेको समयमा पक्राउ गरिएको जोशीले जनाए ।पार्वतीले ‘रोशन खाजा घर’संचालन गरी नावालिक र बालिक महिलाहरु कामदारको रुपमा राखि उनीहरुलाई यौन व्यवसायमा संग्लग्न गराउने र यौन शोषण गर्ने गरेको भन्ने गोप्य सूचना प्रहरीलाई पुगेको थियो ।

सोही सुचनाको आधारमा जनप्रतिनिधी र शुभ अवसर ग्राम नामक संस्थाको सहयोगमा वडा प्रहरी कार्यलयका प्रहरी टोलीले दुई जना नावालिका र एक जना १८ वर्षकी महिलालाई उद्धार गरेको छ ।

प्रारम्भिक अनुसन्धान गर्दा पिडीत किशोरी तथा महिलाहरुले आफ्नो इच्छा विपरीत यौन कार्यमा संग्लग्न गराउने गरेको बयान दिएका थिए । खाजा घर सञ्चालिका पार्वती माथि थप अनुसन्धान भईरहेको र उनलाई कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।

  • १९ श्रावण २०८०, शुक्रबार १७:१२ प्रकाशित