पोउवा संघले मंसिरमा महोत्सव गर्ने

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघले समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को आय/व्यय सार्वजनिक गरेको छ । बिहिबार संघको सभाहलमा पत्रकार सम्मेलन गरेर संघले आय/व्याय सार्वजनिक गरेको हो ।

मेलामा स्टल बिक्री, प्रवेश टिकट, प्रायोजक लगायतका शिर्षकबाट १ करोड २० लाख ३१ हजार ५८६ रुपैयाँ आम्दानी भएको संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए । जसमध्य १ करोड ५ लाख ९० हजार ९६० रुपैयाँ खर्च भई १३ लाख ४० हजार ६२६ रुपैयाँ बचत भएको छ ।

बचत भएको रकम उद्यमशीलता प्रवर्द्धन तथा व्यवसायीको क्षमता अभिबृद्द्धीमा खर्च गरिने प्रजापतिले बताए ।

संघले राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० मंसिर २१ गते देखी पौस १ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा गर्ने भएको छ । अध्यक्ष प्रजापतिले मेलाको तयारी सुरु भइसकेको जानकारी दिए ।

  • १८ श्रावण २०८०, बिहीबार १७:३५ प्रकाशित