पोखरा वडा नम्बर ७ मासबारमा रहेको स्टेप वाई स्टेप मा. वि. ले नेपाली हिज्जे प्रतियोगिता सम्पन्न गरेको छ । विद्याललयले कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्ययार्थीहरूबीच अन्तरसदनात्मक नेपाली हिज्जे प्रतियोगिता गरेको हो । प्रतियोगितामा चार विभिन्न सदनका चौबिस जना विद्ययार्थीहरूले भाग लिएका थिए ।
विद्यालयका प्राचार्य निर्मला बरालले उक्त प्रतियोगितामा मन्तव्य राख्दै नेपाली भाषाको विकासका लागि विद्यार्थीहरूको प्रमुख भूमिका रहेको बताइन् । साथै हिज्जे जस्ता कार्यक्रमले विद्यार्थीहरूको भाषिक शुद्धतामा अभिवृद्धि गर्न फलदायी हुने बताईन् । विद्यालयका सह प्राचार्य दीपक गिरीले उक्त कार्यक्रममा विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयले यस्ता कार्यक्रमहरु गर्दै आएकोले विद्यार्थीहरूले पनि सहभागिता जनाइ आपूmमा आत्मविश्वास र सक्रियता बढाउन आह्वान गरे ।
प्रतियोगितामा आइस्टाइन सदनका विल्सन न्यौपाने कक्षा ८ ख, दीक्षा दर्जी ८ ख, कुशल भुषाल कक्षा ८ क, समृद्धी तिवारी कक्षा ७ क, लक्षित गोतामे कक्षा ७ ख, कृपा भण्डारी कक्षा ६ क र राजविर जैसवाल कक्षा ६ ख को समूह प्रथम हुन सफल भए । विद्यालयका शिक्षक युवराज लामिछानेले संचालन गरेको उक्त प्रतियोगितात्मक कार्यक्रममा शिक्षिका सुशीला पौडेलले र भगवती जि.सी. निर्णायकको भूमिका थिए भने कार्यक्रमको संयोजन विद्यालयका संयोजक तथा नेपाली विभाग प्रमुख सूर्य प्रसाद लम्सालले गरेका थिए ।