काठमाडौं ।
सर्लाहीका पूर्वसांसद एवं तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती नेकपा एमालेमा फर्किएका छन् ।
सोमबार साँझ एमाले अध्यक्ष केपी ओलीलाई बालकोटमा भेटेर उनी मूलघर फर्किएको एमाले सर्लाहीका नेता चुँडामणि वाग्लेले बताए । नेता उप्रेती सर्लाहीका एमाले नेताहरू हरि उप्रेती, राजनारायण साह, रेवती पन्त, गणेश प्रसाईंलगायतसँग बालकोट पुगेका थिए ।
तत्कालीन हरिवन गाविसका पूर्वअध्यक्षसमेत रहेका उनी २०७४ को स्थानीय चुनावमा हरिवन नगरपालिकाको मेयरको दाबेदार थिए ।













