फिलिपिन्स पाइलट पढेका दुई नेपालीले प्राप्त गरे उत्कृष्ट अवार्ड

केन्द्रभाग मिडिया

काठमाडौँ।

फिलिपिन्समा पाइलट पढेका दुई नेपाली विद्यार्थीले उत्कृष्ट अवार्ड पाएका छन् ।

फिलिपिन्सको एसियन इन्स्ट्च्यिुड अफ एभिएसन-प्लान्टर एभिएसन कर्पोरेशनले पाइलट पढेका अस्मि लम्साल र आकांक्षा नकर्मीलाई अवार्डबाट सम्मान गरेको हो । क्याप्टेन लम्साललाई उत्कृष्ट विद्यार्थीको अवार्ड प्रदान गरेको छ, जसलाई ‘टप गन अवार्ड’ भनिएको छ र क्याप्टेन नकर्मीलाई ‘जेप्सेन अवार्ड’बाट सम्मानित गरिएको हो ।

सन् २०२२ मा पाइलटको ट्रेनिङका लागि फिलिपिन्स पुगेका उनीहरूलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । दीक्षान्त समारोह गर्दै २२ जना नेपाली विद्यार्थीहरूसहित विभिन्न देशका विद्यार्थीहरू दीक्षित भएका छन् । उक्त कार्यक्रममा थुप्रै नेपाली पाइलटहरूले विभिन्न अवार्ड समेत पाएका छन् ।

सबिना विके खड्कालाई ‘एमेलीय एयरहर्ट अवार्ड’, शोभित पौडेललाई ‘प्ल्याक एप्रिसिएन’ बाट सम्मानित गरिएको छ । सविनालाई प्रदान गरिएको उक्त अवार्ड पहिलो महिला पाइलटका लागि प्रदान गरिने सम्मान हो ।

  • १५ श्रावण २०८०, सोमबार १६:३१ प्रकाशित