सीटीईभीटीको सिट निर्धारण र भर्ना प्रक्रिया खारेज गर्न डा.केसीको माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

चिकित्सक डा. गोविन्द केसीले सीटीईभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी निर्णय खारेज गर्न माग गरेका छन् ।

सोमबार विज्ञप्ति जारी गरी उनले सीटीईभीटीमा भर्ती भएका पार्टी कार्यकर्ता तथा माफियाहरुले अवैध रुपमा सिट निर्धारण र भर्ना प्रक्रिया अघि बढाउँदा पनि शिक्षामन्त्रीले केही गर्न नसक्नुले आशंका बढाएको बताएका छन् ।

उनले सीटीईभीटीको सिट निर्धारण र भर्ना प्रक्रिया खारेज गर्न र दोषी पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । डा. केसीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन र हालका उपाध्यक्षको पदावधि सकिनु अगाडि नै छनोटको प्रक्रिया टुंग्याउन पनि माग गरेका छन् ।

केसीले २०७९ असोज ८ गते आफूसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न पनि माग गरेका छन् ।

  • १५ श्रावण २०८०, सोमबार १५:३६ प्रकाशित