सुन तस्करीबारे निष्पक्ष छानबिन गर्न सरकारको ध्यानाकर्षण

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट गैरकानुनी रुपमा भित्रिएको सुनका बारेमा निष्पक्ष र उच्च स्तरीय छनबिन गर्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिको आज आइतबार बसेको बैठकले सुन तस्करीमा बारेमा निष्पक्ष छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको कम्तीमा एक सय किलो सुन २ साउनमा बरामद गरेको थियो ।

  • १४ श्रावण २०८०, आईतवार १६:१५ प्रकाशित