पोखरामा उठ्न थाल्यो फोहोर

फोहोर फाल्ने ठाउँमा स्थानीयको अवरोध कायमै

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको फोहोर आशिंक उठ्न थालेको छ । वर्षातको पानीले सडकमा फ्याकिएको फोहोर असरल्लै बने पछि महानगरले आइतबार बिहानैबाट मुख्य बजरा क्षेत्रको फोहोर उठाएको हो । पोखरा महानगरपालिकाले अस्थाइ रुपमा फोहोर व्यवस्थापन गदै आएको स्थानमा स्थानियले अवरोध गरेपछि बुधबार (साउन १०) देखि फोहोर उठ्न सकेको थिएन ।

शनिबार बेलुका आएको भिषण पानीले थुप्रिएको फोहोर सडकमा असरल्लै फिजाए पछि महानगर फोहोर उठाउन बाध्य भएर गाडी लिएर सडकमा पुगेको हो । सहरी क्षेत्रको फोहोर उठे पनि भित्री सडक र बस्तिहरुमा भने फोहोर उठाउने गाडी पुगेका छैनन् ।

तर, उठाएको फोहोर कहाँ फाल्ने भन्ने अझै टुन्गो छैन । महानगरले यसअघि पोखरा–१४, बच्छीबडुवामा फोहोर फाल्दै आएको थियो, अन्तराष्ट्रिय विमानस्थल संचालन पछि पुस १५ गतेदेखी हाल वडा नं. ३२ स्थित लामेआहालमा अस्थायी ल्यान्डफिल साइटका रुपमा प्रयोग गर्दै आएको छ । महानगरले सहमतिअनुसार काम नगरेको भन्दै स्थानीयले अवरोध गरेपछि पोखराको फोहोर उठेको थिएन । ६ महिनाका लागि अस्थायी रुपमा फोहोर फाल्ने, फोहोर बिसर्जन गरिसकेपछि माटोले पुर्नेलगायत सहमति भए पनि लागू नभएको भन्दै स्थानीयले फोहोर फाल्न रोक लगाएका हुन् ।


महानगर सहरी क्षेत्रको फोहोर गाडीमा संकलन गरेर एकै पटक अस्थाई ल्याण्डफिल साइटमा लैजाने तयारीमा लागेको छ । महानगर स्थानीयसंग छलफल गरेर सहमतीमा फोहोर फाल्ने नभए बल प्रयोग गरेर भए पनि आज भोलीमा फोहोर विर्सजन गर्ने तयारीमा लागेको छ ।

  • १४ श्रावण २०८०, आईतवार १७:०४ प्रकाशित