पोखरा

विजयपुर खोलामा आएको बाढीमा फसेका चार युवकको उद्धार

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका १३ काहुँखोलास्थित विजयपुर खोलामा आएको बाढीमा फसेका चार युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । गएराती अविरल वर्षाको कारण अचानक आएको बाढीमा फसेका उनीहरुको रातिनै उद्धार भएको हो ।

अविरल वर्षाको कारण निर्माणधीन पानी ट्याङ्की बोरिङ्गको प्रतिक्षालयमा बसिरहेको अवस्थामा एक्कासी आएको बाढिमा सोही ठाउँ बस्ने २३ वर्षिय प्रेम सुनार, ४० वर्षिय सुदिप गुरुङ्ग, २८ वर्षिय अर्जुन वि.क.र १९ वर्षिय क्षितिज नेपाली फसेका थिए ।

उनीहरुले आफुहरु बाढीमा फसेको परिवारलाई फोनसम्पर्कमार्फत उनीहरुले जानकारी दिए पश्चात तत्कालै कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले उनीहरुको उद्धार गरेको सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

  • १४ श्रावण २०८०, आईतवार १४:५९ प्रकाशित