भ्रष्टाचारविरुद्धको फाइल रोकिनेवाला छैन : प्रधानमन्त्री प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जतिसुकै षडयन्त्र रचे पनि भ्रष्टाचारविरुद्धको फाइल नरोकिने दाबी गरेका छन् । सरकारले भ्रष्टचारविरुद्धको फाइल खोल्न थालेपछि गठबन्धन भत्काउन अनेकौँ षड्यन्त्र भइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

आइतबार राजधानीमा भएको समाजवादी विद्यार्थी मोर्चा घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले असफल बनाउन जति षड्यन्त्र गरेपनि कुनै हालतमा भ्रष्टाचारविरुद्धको लडाइँ नरोकिने जिकिर गरे ।

‘भ्रष्टाचारविरुद्ध जिहाद छेडिएको छ । यो राजनीति ‘स्टन्ट’को कुरा होइन । आगामी दिनमा हेर्दै जानुहोला अन्य फाइल खोलिनेवाला छ’, उनले भने, ‘ग्राउण्डमा तपाइँहरूको समर्थन व्यापक आवश्यक छ । यो ‘ब्याटल’ हो, हामीले जित्नै पर्छ ।’

  • १४ श्रावण २०८०, आईतवार १४:४७ प्रकाशित