पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज साताको पहिलो दिन आइतबार डलरको भाउ बढेको छ ।
आज डलर एकको खरिददर १३१ रुपैयाँ ३० पैसा र बिक्रीदर १३१ रुपैयाँ ९० पैसा रहेको छ । अस्ति शुक्रबार डलर एकको खरिददर १३० रुपैयाँ ८० पैसा र बिक्रीदर १३१ रुपैयाँ ४० पैसा थियो । युरो एकको खरिददर १४४ रुपैयाँ ०८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७७ पैसा रहेको छ ।
यस्तै आज पाउण्ड एकको खरिदखर १६८ रुपैयाँ २९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ०६ पैसा रहेको छ । आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८ रुपैयाँ ४४ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३५ रुपैयाँ १७ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०४ पैसा र बिक्री दर ३६ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ८३ पैसा र बिक्रीदर २८ रुपैयाँ ९६ पैसा रहेको छ ।