एमालेलाई कमजोर पार्न हिलो छ्याप्ने काम भइरहेको छ : सचिव विष्ट

केन्द्रभाग मिडिया

पोखरा  ।
नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमालेलाई कमजोर बनाउन हिलो छ्याप्ने काम भएको आरोप लगाएका छन् । एमाले जिल्ला कमिटी कास्कीले आयोजना गरेको अगुवा कार्यकर्ताको अनुशिक्षण कार्यक्रममा बोलदै उनले यस्तो बताएका हुन् । एमालेलाई चारैतर्फबाट भएको घेराबन्दीको सामना गर्न पार्टीको आन्तरिक एकतालाई मजबुद बनाउन ध्यान दिएको उनले जानकारी दिए ।

शोषण रहित समतामुलक समाज स्थापना गर्ने योजना र चाहानालाई पुरा गर्न पार्टी लागेको दाबी गर्दै उनले रोजगारीको सिर्जना र उद्यमशिलताको विकास गरी जनताको जीवन स्तर सुधारमा ध्यान दिने बताए । उनले सामाजिक न्याय सहितको समृद्धि हासिल गर्दै समाजवादमा पुग्ने यात्रा तय गरेको उल्लेख गरे ।
नेकपा ९एमाले० स्थायी समितिका सदस्य खगराज अधिकारीले पार्टी सरकारमा रहँदा सधै प्रगतिशिल सुधारको कार्यक्रम गरेको बताए । कमिटी प्रणालीलाई व्यवस्थित गरी सदस्यता अद्यावधिक गर्न सबै कार्यकर्तालाई आग्रह गरे । उनले ठोस योजनाका साथ काम गरी कास्कीलाई नमुना जिल्ला बनाउन निर्देशन दिए ।

पाटीका स्थायी समिति सदस्य थममाया थापामगरले नेता तथा कार्यकर्तालाई वैचारिक तथा राजनीतिक रुपमा प्रशिक्षित गरी संगठनलाई चुस्त दुरुस्त बनाए जुन सुकै आन्दोलनमा समेत सफलता मिल्ने तर्क गरिन् । उनले पार्टीको जनाधारलाई बलियो बनाउन ध्यान दिने उल्लेख गरिन् । पार्टीका नेता सोमनाथ अधिकारी प्यासीले सिंगो पार्टी कमिटी संगठन निर्माणमा लाग्न आग्रह गरे । कमिटीमा बस्नेलाई जिम्मेवारी बोध गर्न निर्देशन दिदै उनले कम्युनिस्ट पार्टी सामुहिक र संस्थागत निर्णय गरी नचलेमा जनताप्रति बेइमानी हुने तर्क गरे ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङ, उपाध्यक्ष तेजनारायण अधिकारी सचिव बैनबहादुर अधिकारी क्षत्रीले अनुशिक्षण कार्यक्रममा बोलेका थिए ।

  • १३ श्रावण २०८०, शनिबार १८:३४ प्रकाशित