पोखरा ।
युवा व्यवसायी जीवन तिवारीले लेखनाथ उद्योग वाणिज्य संघको आसन्न महाधिवेशनका लागि महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । तिवारीले शनिबार लेखनाथमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् । लेखनाथ उद्योग वाणिज्य संघको २७ औं बार्षिक साधारण सभा तथा १४ औं महाधिवेशन भाद्र २२ र २३ गते हुदैँछ । तिवारी वर्तमान कार्यसमितिमा सदस्य छन् ।
‘अध्यन, इमान्दारीता र जवाफदेहीताः व्यवसायिक हितको प्रतिवद्धता’, ‘ज्ञान, सिप र प्रविधिको प्रयोगः व्यवसायीक हितमा संघको उपयोग’ भन्ने नाराका साथ तिवारी महाधिवेशनमा होमिएका हुन् ।
संघको युवा उद्यमशिलता उप–समिति संयोजक हुदै बर्तमान कार्य समितिका सदस्य समेत रहेका तिवारीले व्यवसायीहरुको सुरक्षा गर्न महासचिव पदमा उम्मेदवारी दिन लागेको बताए ।
सदस्यका रूपमा कार्य गर्दा प्राप्त गरेको अनुभवलाई संस्थाको हित र विकासमा लगाउने तिवारीले अठोट व्यक्त गरे । तिवारीले अहिले लेखनाथको तालचोकमा एटलस डिजाइन एण्ड प्रिन्ट, र एटलस फोटो एण्ड गिफ्ट शिशुवामा ब्यवसाय संचालन गरेका छन् ।
तिवारीले उम्मेदवारी घोषण सगै आफुले गर्ने १२ बुदेँ काम समेत सार्वजनिक गरेका छन् ।
१) सचिवालयलाई थप प्रविधिमैत्री र व्यवस्थित बनाउन
२) अभिलेखीकरण थप व्यवस्थित गर्न
३) संघको ऐतिहासिक गरिमा एवम् विरासतलाई कायम राख्दै अगि बढ्न
४) संघलाई राजनीतिक रूपमा निरपेक्ष राखी विशुद्ध व्यावसायिक संस्थाका रूपमा विकास गर्न
५) संघलाई व्यवसाय र रोजगारबारेको सूचना केन्द्रका रूपमा विकास एवम् सञ्चालन गर्न
६) विगतका अनुभवलाई प्रयोग गर्दै सम्पूर्ण उद्योगी, व्यवसायीको हितमा अगि बढ्न
७) संघलाई रोजगार प्रवर्धन केन्द्रका रूपमा विकास गरी रोजगारदाता र रोजगार हुन चाहने जनशक्तिका बिचमा अर्थपूर्ण मध्यस्थकर्ताका रूपमा उभ्याउन
८) युवा उद्यमीको सङ्ख्या अभिवृद्धि गर्नका लागि सञ्चालन गरिने गोष्ठी, सेमिनार, कार्यशालालगायत हरेक गतिविधि थप व्यवस्थित एवम् उपलब्धिमूलक बनाउन
९) उद्यमशीलताको अनुसन्धान र विकासमा विश्वविद्यालय तहका शैक्षिक कार्यक्रमसँग समन्वय गर्दै अगाडि बढ्न
१०) सानाठुला व्यवसायीको क्षमता अभिवृद्धिका लागि आवश्यक कार्यक्रम तर्जुमा गरी त्यस्ता कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन गर्न
११) उद्योग तथा व्यवसायमा तथा सिङ्गो उद्योग वाणिज्य संघमा युवाको संलग्नता बढाउन
१२) संघले आयोजना र सञ्चालन गर्दै आएका सम्पूर्ण कार्यक्रमको समयानुकूल निरन्तरता दिई तिनलाई राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न