सुन तस्करी प्रकरण

गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छः माओवादी नेता शाही

केन्द्रभाग मिडिया

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिँदा राम्रो हुने बताएका छन् ।

शुक्रबार प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा उनले विभागीय मन्त्री भएको नाताले गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले उक्त घटनाको जिम्मा लिनुपर्ने बताएका हुन् ।

‘राजीनामाको विषय भनेको स्वयं व्यक्तिमा भर पर्ने कुरा हो । व्यक्तिको नीजि मामिला हो । म दिन्छु पनि भन्न सक्छ, म दिन्न पनि भन्न सक्छ । तर, दिँदा राम्रो हुन्छ । यसका लागि छानविन समिति पहिला बन्न पर्यो । छानविन समिति बनेर छानविनको प्रक्रिया सुरु गरिसकेपछि मात्रै त्यसपछि के गर्ने भन्ने कुरा त्यसपछिको विषय हो । जिम्मेवार व्यक्ति उहाँ हो । विभागीय मन्त्री हुनुको नाताले अर्थमन्त्रीको भूमिका र गृहमन्त्रीको भूमिका छ,’– उनले भने ।

उनले कर्मचारी र प्रहरीहरुले निकै ठूलो पावर लगाएर भन्सारमा सरुवा माग्ने गरेको बताए । अख्तियार, अदालत र हरेक संवैधानिक अंगका बारेमा पटक–पटक प्रश्नहरु उठिरहेको उनको भनाई छ ।

  • १३ श्रावण २०८०, शनिबार १४:०४ प्रकाशित